पार्टी एकता असल मनशायले गरिएको जसपा प्रचार विभाग प्रमुख खतिवडाको दाबी

पार्टी एकता असल मनशायले गरिएको जसपा प्रचार विभाग प्रमुख खतिवडाको दाबी

केन्द्रबिन्दु
0
Shares

पार्टी विभाजन नजिक पुगेको बेला जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पार्टी एकता असल मनशायले गरिएको बताएका छन्।

तर, एकता र विभाजन दिन र रातजस्तै सृष्टिको दुई पाङ्ग्रा भएको बताए। पार्टी विभाजन हुनै लागेको अवस्थाबीच प्रचार विभाग प्रमुख खतिवडाको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

उनले पार्टी विभाजन चाहेर र नचाहेर हुने पनि बताए। सामाजिक सञ्जाल ट्वीटरमा पार्टीका एकजना अध्यक्ष महन्थ ठाकुर पक्षलाई लक्षित गर्दै उनले भनेका छन्, ‘मान्छेको मनमा कतिखेर कुन बुझाई, धारणा, स्वार्थ र लोभ हाबी हुन्छ, के भन्न सकिन्छ? एकता र विभाजन सृष्टिकै दुई पाङ्ग्रा हुन् । दिन र रात जस्तै।’

प्रचार विभाग प्रमुख खतिवडा पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षधर हुन्।

Skip This
Skip This
Logo