ताप्लेजुङबासीलाई कोरोनाबाट बचाउने अभियानमा ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्च

ताप्लेजुङबासीलाई कोरोनाबाट बचाउने अभियानमा ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्च

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले डा भुपेन्द्र श्रेष्ठको नेतृत्वमा कोभिड–१९ संक्रमित ताप्लेजुङबासीहरुलाई स्वास्थ्यकर्मी टोलीले घर–घर पुगेर स्वास्थ्य उपचार गर्ने बताएको छ।

त्यस्तै संक्रमितको सहायताका लागि हेल्पडेस्क स्थापना गर्ने र डेस्कमार्फत भर्चुअलरुपमा सचेतना तथा परामर्श उपलब्ध गराउने मञ्चका अध्यक्ष मिङमा कामी शेर्पाले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट मञ्चले संक्रमणका कारण कोही जिल्लाबासी सिकिस्त भए अस्पतालसम्म पुर्याउने, वेड उपलब्ध गराउन सहजीकरण गर्नेदेखि अक्सिजनको अभाव खड्किएका संक्रमितहरुलाई अक्जिजन उपलब्धसमेत गराउने निर्णय गरेको छ।

त्यस्तै जिल्लामा संक्रमितको उपचार गर्न कठिनाई भएर उपचार गराउन संघीय राजधानी काठमाडौं आउनु पर्ने भए त्यसको पनि सहजिकरण गर्ने र उचित व्यवस्थापन गर्ने भएको छ।

सोमबार बसेको मञ्चको बैठकले आर्थिक अभावका कारण उपचार गराउन कठिन भएकाहरुलाई आर्थिक संकलन गर्नेदेखि जिल्लामा कोरोना नियन्त्रण गर्न स्वयंसेवक परिचालन गर्ने, जिल्ला संकट व्यवस्थापन गर्न सहकार्य गर्नेसमेत निर्णय गरेको छ।

मञ्चले यी सबै व्यवस्थापन गर्न समिति समेत बनाएको छ। विभिन्न पाँच समिति गठन गरि यसको प्रभावकारी अनुगमन गरिने ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चका सचिव सुबास थेबेले बताएका छन्।

Logo