प्रतिनिधिसभा विघटनविरूद्धमा परेका रिटहरू प्रधानन्यायाधीश जबराको इजलासमा

प्रतिनिधिसभा विघटनविरूद्धमा परेका रिटहरू प्रधानन्यायाधीश जबराको इजलासमा

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटन सम्बन्धमा परेका रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश जबराले ती मुद्दाको पेशी आफ्नै इजलासमा तोकेका छन् ।

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर हालसम्म ३० वटा रिट दर्ता भएका छन्। त्यसको सुनुवाइ आजदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुनेछ।

अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको पेशी आज र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११  निवेदनको पेशी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।   

सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार रिट निवेदन दर्ता भएका छन्।

निवर्तमान प्रतिनिधिसभाका १४६ सदस्यसहितका रिट निवेदकले संसद् पुनःस्थापना गर्नुपर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन्। 

प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन सोमबार दर्ता गराएका छन्।

Skip This
Skip This
Logo