महामारीमा अहोरात्र खटिनेहरुलाई सुरक्षा व्यवस्था हुनु पर्छ: नेता नेपाल

महामारीमा अहोरात्र खटिनेहरुलाई सुरक्षा व्यवस्था हुनु पर्छ: नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित नेता माधवकुमार नेपालले  नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक हमला र दुर्व्यवहारको विरोध गरेका छन्।

सामाजिक संजालमा उनले अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक हमला र दुव्र्यवहारको भर्त्सना गरेको उल्लेख गरेका छन्।

नेता नेपालले आक्रमणमा उत्रिनेहरुमाथि तत्काल कानूनी कारबाही गर्न र विरामीहरूलाई आवश्यक उपचार प्रवन्ध मिलाउन सरकारसँग माग गरेका छन्।

उनले महामारीको समयमा आफ्नो जीवन जोखिममा राखेर अहोरात्र खटिनेहरुलाई सुरक्षा र प्रोत्साहन गर्नुपर्ने बताए।

Logo