नेपालले विश्वमा शान्ति स्थापनार्थ योगदान गरिरहने छ: राष्ट्रपति

नेपालले विश्वमा शान्ति स्थापनार्थ योगदान गरिरहने छ: राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा शान्ति स्थापनाका लागि नेपालले निरन्तर योगदान गरिरहने बताएकी छिन्।

संयुक्त राष्ट्रसंघ शान्ति सेना दिवस ‘मे २९’ को अवसरमा राष्ट्रपति भण्डारीले शान्ति सेनाको रूपमा खटिने सुरक्षाकर्मीहरू र राष्ट्रसंघ परिवारमा शुभकामना पनि व्यक्त गरिन्।

शनिबार ट्वीट गर्दै उनले शान्ति स्थापनार्थ खटिने क्रममा सहादत प्राप्त गर्ने शान्ति सेनाप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छिन्।

नेपालले शान्ति स्थापनाका लागि द्वन्द्वग्रस्त विश्वका विभिन्न देशहरूमा सुरक्षाकर्मीहरूलाई पठाउने गरेको छ।

Skip This
Skip This
Logo