गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। जेठ ११ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजका लागि बजेट अधिवेशन बोलाएकी हुन्।

अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरूले बोल्ने तालिका तय भएको छ।

यस प्रदेशमा आगामी आर्थिक वर्षमा बजेट घटेर आउने आंकलन गरिएको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

त्यस्तै भोलि बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सदनमा नीति कार्यक्रम प्रस्तुत हुने बताइएको छ।

प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संबैधानिक बाध्यता छ। बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पनि लिनुपर्ने बाध्यता छ।

२९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक प्रावधान छ।

गुरुङले विश्वास नपाए प्रदेश मध्यावधिमा धकेलिने सम्भावना देखिएको छ। तीन सांसद भएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ एमालेलाई साथ दिएमात्र गुरुङलाई विश्वास पुग्छ। 

Skip This
Skip This
Logo