राष्ट्रिय युवा संघको सचिवालय बैठक आजदेखि सुरु

राष्ट्रिय युवा संघको सचिवालय बैठक आजदेखि सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालयको पूर्ण बैठक आजदेखि सुरु भएको छ। 

भर्चुअलरुपमा संचालन भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल सम्बोधन गरेका थिए।

त्यस्तै पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ,पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि एमाले पार्टीमा युवाको भूमिका, कोरोना संघ जुध्न सरकारले गरेको प्रयास, एमाले पार्टी रणनिति तथा राजनीतिक कार्यदिशाको बारेमा बिचार व्यक्त गरेका थिए।

बैठकमा कोभिडका कारण ज्यान गुमाएका प्रति श्रद्धान्जलीसमेत दिइएको थियो। आजको बैठकमा पार्टीको भावी रणनीति, युवा संघको अबको कार्यदिशा कस्तो बनाउने भन्ने  विषयमा छलफल भएको संघका महासचिव रमेश आचार्यले बताए।

आचार्यले भोलिको बैठक दिउसो १२ बजे बस्ने र उक्त बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताए।

दुई दिनसम्म चल्ने बैठकमा युबा संघका अध्यक्ष बचनबहादुर सिंहले सहअध्यक्ष किरण पौडेललाई नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ।

Skip This
Skip This
Logo