सत्तामा बसेकै नेतृत्वका कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस्: अष्टलक्ष्मी शाक्य

सत्तामा बसेकै नेतृत्वका कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस्: अष्टलक्ष्मी शाक्य

केन्द्रबिन्दु
0
Shares

वागमती प्रदेशसभाको प्रि–बजेट छलफल चलिरहेको छ। छलफल चलिरहँदा सत्तापक्ष, प्रतिपक्षका नेताले आफ्नो राय सुझाव राखिरहेका छन्।

सम्बोधन गर्ने क्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले संघीयता, लोकतन्त्र र संविधान कमजोर हुँदै गइरहेको टिप्पणी गरेकी छिन् ।

नेकपा एमालेकी स्थायी कमिटी सदस्यसमेत रहेकी शाक्यले भनिन्, ‘यतिबेला लोकतन्त्र, संघीयता बलियो हुनुपर्ने तर २०६२÷०६३ मा हामीले लडेर ल्याएको लोकतन्त्र, संघीयता र गणतन्त्र कमजोर हुँदैछ ।’

उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीतिर इगिंत गर्दै सत्तामा बसेकाबाट संविधान र गणतन्त्र गुम्ने खतरा रहेको बताइन्। संविधान नै धुजा–धुजा पार्ने स्थिति छ। 

जनप्रतिनिधिको थलो प्रतिनिधिसभा गुमेको अवस्था छ। सत्तामा बसेकै नेतृत्वकै कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस् । हामीले ल्याएको संविधानलाई अप्ठ्यारो नहोस्,’ शाक्यले भनिन्।

शाक्यले कोभिड नियन्त्रणमा वागमती प्रदेशलाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिइन्। उनले थपिन्, कोभिडलाई नियन्त्रण गर्न वागमती प्रदेश उदारणीय होस्।’

Logo