सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा केन्द्रीत छः मुख्यमन्त्री पौडेल

सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा केन्द्रीत छः मुख्यमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा केन्द्रित रहेको बताएका छन्।

सोमबार प्रदेशसभाको बैठकमा उनले प्रदेश विपद् व्यवस्थापन केन्द्रमार्फत प्रदेश मातहतको अस्पतालहरूमा आइसोलेसन बेड स्थापना, पिसिआर परीक्षणका लागि मेसिनसँगै किट र ल्याब खरिदका लागि २० करोड र सिभिल अस्पतालमा १५० कोभिड बेड स्थापनका लागि २ करोड ४० लाख रूपैयाँ दिएको बताए।

प्रदेशको ११९ स्थानीय तहमा कोभिड उपपचारका लागि ९ करोड र सिन्धुली अस्पतालमा अस्क्निन बुस्टर्ड जडानका लागि ३० लाख गरी ३१ करोड ८९ लाख बजेट उपलब्ध गराएको बताए।

प्रदेशका ५ अस्पताल र एउटा ल्याबका लागि पिसिआर मेसिन खरिद गर्न २६ करोड निकासा गरिएको र अस्पतालहरूको मागअनुसार ४ करोड रूपैयाँको उपचार सामग्री खरिद गरेर पठाइसकिएको पनि मुख्यमन्त्री पौडेलले बताए।

Logo