वरिष्ठताका आधारमा न्यायाधीश छनोट गर्न नियम संशोधन गरिने, आजको इजलाश स्थगित हुन सक्ने

वरिष्ठताका आधारमा न्यायाधीश छनोट गर्न नियम संशोधन गरिने, आजको इजलाश स्थगित हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

संबैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरू राख्न नियम संशोधन गर्ने सहमति जुटेको छ। 

संवैधानिक इजलासमा छनोट भएका न्यायाधीशका विषयमा विवाद भएपछि आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र सर्वोच्च बारका पदाधिकारीहरूबीच छलफल भएको थियो। 

सो छलफलमा वरिष्ठताका आधारमा न्यायाधीशहरू राख्न नियम संशोधन गर्ने सहमति जुटेको हो। यद्यपी आजको इजलाश स्थगित हुन सक्ने बताइएको छ।

सुनुवाईका क्रममा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागितालाई लिएर कानुनविद्हरूले लगातार प्रश्न गरेपछि सोमबार प्रधानन्यायाधीश राणाले इजलासमा रहेका चार न्यायाधीशसँग पनि छलफल गरेका थिए।

कानुनविद्हरूले केसी अघिल्लो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सहभागी भएको र श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुई टुक्रा हुने गरी आदेश दिएको भन्दै प्रश्न गरिरहेका छन्।

Skip This
Skip This
Logo