सरकारको चुरे दोहन नीति खरानीको ब्यापार गर्न घर जलाए जस्तै होः कांग्रेस

सरकारको चुरे दोहन नीति खरानीको ब्यापार गर्न घर जलाए जस्तै होः कांग्रेस

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले चुरे दोहन गरेर व्यापारघाटालाई न्यून गर्न खोज्नु भनेको खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको बताएको छ।

सभापति शेरबहादुर देउवाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै चुरे दोहोन नीतिबाट तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता लिन सरकारसँग मागसमेत गरेको छ। 

सरकारले असंवैधानिक कदममार्फत ल्याएको बजेटमा चुरे दोहन हुने नीति अवलम्वन गर्नुलाई पार्टीले गम्भीररूपले लिएको उनले बताएका हुन्।

चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्दा पर्यावरणमा गम्भीर असर पर्ने अध्ययनले देखाए पनि गल्ती सच्याएर अघि बढ्नु पर्नेमा दोहन गर्न सरकारले प्रोत्साहन गर्नु प्रकृतिविरूद्धको अपराध भएको उनले बताएका छन्। 

सरकारले तराई मधेस क्षेत्रलाई मरुभूमिकरण गर्ने षड्यन्त्र गरेको उनको आरोप छ। 
नेपाली कांग्रेसले ढुंगा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ।

‘देशले वर्षौंदेखि व्यापारघाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन,’ विज्ञप्तिमा भनिएको छ।

Skip This
Skip This
Logo