पार्टीबाट निलम्बित नेता माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई एमाले अध्यक्ष केपी ओली पक्षले अनाधिकृत भएको जनाएको छ।
कारबाहीमा परेका व्यक्तिले बोलाएको बैठक अनाधिकृत भन्दै उक्त बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरूलाई ओली पक्षले आग्रह गरेको छ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्,:
‘पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुन्नमा आएकोले त्यस्तो कार्यको निन्दा एवं भत्र्सना गर्दछु।’
पार्टी विभाजन हुन लाग्दा नेता नेपाल पक्षले ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक भर्चुअल माध्यमबाट हुने भएको छ।





























प्रतिक्रिया