नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सक्दा जातीय भेदभाव तथा दलित समुदायमाथि हुँदै आएका हिंसाको न्यूनीकरण हुने बताएका छन्।
न्यूनीकरण हुँदा उत्पीडित समुदायहरूले न्यायको अनुभूति गर्ने उनको भनाइ छ। शुक्रबार जातीय भेदभाव तथा छुवाछुत दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको पनि बताए।
‘सामाजिक कलङ्क’ र ‘सामाजिक अपराध’ को रूपमा जातीय भेदभाव र छुवाछुतलाई अथ्र्याउँदै उनले त्यसलाई हटाइ सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरूबीच एकताबद्ध पहलकदमीको आवश्यकता रहेकोमा जोड दिए। त्यसका लागि सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले हुनुपर्ने शुभकामना सन्देशमा उल्लेख छ।
उनले स्थानीय तहसम्म निगरानी संयन्त्र बनाइ जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैलाई अपिल पनि गरेका छन्।





























प्रतिक्रिया