पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकारमा जसपाका एकजना अध्यक्ष महन्थ ठाकुर पक्ष सहभागी भएकोप्रति आक्रोश पोखेका छन्।
उनले सरकारमा गएका ठाकुर पक्षलाई ‘मधेसका तथाकथित ठेकेदारहरू’ भएको टिप्पणी गर्दै विशेष धन्यवाद भनेका छन्।
संविधान संशोधन, रेशम चौधरीको रिहाइ र झुटा मुद्दा फिर्ता गरी तीन मुद्दा सम्बोधनमा प्रधानमन्त्री ओली सकारात्मक भएको र त्यसका लागि पहल पनि थालेको भन्दै ठाकुर पक्ष ओलीप्रति सकारात्मक भएको छ।
सोही कारण सरकारमा रहेर ती मागहरूबारे पहल गर्ने भन्दै ठाकुर पक्ष सरकारमा सहभागी भएको हो।
त्यसप्रति जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष असन्तुष्ट छ। पूर्वमन्त्री राई यादव पक्षकै नेता हुन्।





























प्रतिक्रिया