कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेनः कांग्रेस

कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेनः कांग्रेस

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्। कांग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्वारा आज आयोजित ‘वर्तमान सङ्कटमा कांग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबै तहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए।

“आठ लाख हाराहारीमा क्रियाशील सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशील सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उनले भने। पूर्वउपप्रधानमन्त्री निधिले  कांग्रेसले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताए। 

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाए। अर्का केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वडुले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको बताए।  

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कांग्रेसको १४ औँ महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताइन्। कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुन लगायतले पार्टीको विधानअनुसार समयमा नै महाधिवेशन गर्नका लागि केन्द्रीय नेतृत्व अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए। 

Skip This
Skip This
Logo