ओलीकाे एकता प्रस्तावमाथि बाबुरामकाे टिप्पणी, ‘विष गुलियोमा मिसाएरै खुवाइन्छ’

ओलीकाे एकता प्रस्तावमाथि बाबुरामकाे टिप्पणी, ‘विष गुलियोमा मिसाएरै खुवाइन्छ’

केन्द्रबिन्दु
0
Shares

पूर्व प्रधानमन्त्री एवं जसपा संघिय परिषदका अध्यक्षा डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीले जेठ ३ मा फर्किने भन्दैमा उनले गरेका गल्तीहरूमा माफी दिन सक्ने अवस्था नरहेकाे बताएका छन्। 

सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माफी दिन नसकिने बताएका हुन् । उनले त्यसयता गरेका थुप्रै घटनाक्रमलाई बिर्सिनु नहुने भन्दै एमालेका साथीहरूप्रति प्रश्न पनि गरेका छन्। 

उनले भनेका छन्, एमाले कणहरूसँग जिज्ञासा: तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,सांसद अपहरण, कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?

उनले अगाडी भनेका छन्,
संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्।खबरदार,नझुक्किऊँ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न! विष गुलियोमा मिसाएरै ख्वाइन्छ! पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको वेहाल सम्झौं!

Logo