ओलीको आरोप झुट, भ्रामक र षड्यन्त्रपूर्ण: अध्यक्ष प्रचण्ड

ओलीको आरोप झुट, भ्रामक र षड्यन्त्रपूर्ण: अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ वक्तव्यमार्फत लगाएको आरोपको प्रतिवाद गरेका छन्।

उनले आफ्नो कारण एकता नभएको भनी ओलीले लगाएको आरोपको प्रतिवाद गरेका हुन्।

प्रचण्डले प्रधानमन्त्री ओलीले प्रचण्डका कारण एकताको प्रयास सफल नभएको भन्नु झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताए।

आइतबार ओलीले ६ बुँदे एकता प्रस्ताव प्रस्तुत गर्दै सर्वोच्च अदालतले अलग हुने फैसला गरेपछि पनि आफूले माओवादी केन्द्रसँग एकताको प्रस्ताव गरेको तर प्रचण्डको अनिच्छाका कारण सफल हुन नसकेको उल्लेख गरेका थिए। 

त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु’ सोमबार प्रचण्डले ट्विटरमा लेखेका छन् ।

ओलीले अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जानका लागि आफूले आग्रह गर्दा प्रचण्डले नमानेको बताएका थिए।

ओलीको सो अभिव्यक्तिलाई लिएर प्रचण्ड र माधव नेपालबीच पनि आज कुराकानी भएको छ।

Logo