नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। देउवा निवास बुढानिलकण्ठमा उनीहरुबीच अहिले भेटवार्ता जारी रहेको बताइएको छ।
नेता प्रचण्ड र नेपाल केहीबेर अघि देउवानिवास बुढानीलकण्ठ पुगेका थिए। माधव नेपालले आज आफ्नो पार्टीका स्थायी कमिटीका नेताहरूसँग पनि छलफल गरेका थिए । छलफल सकेर उनी बुढानीलकण्ठ पुगेका हुन्।
यता प्रचण्डले आजै दिउँसो देउवासँग छलफल गरेका थिए । उनी आजै साँझ पुनः बुढानीलकण्ठ पुगेका छन्।
देउवा, प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको एमाले एकता प्रस्ताव आए लगत्तै आज विपक्षी गठबन्धनबीच छलफल हुनुलाई निकै चासोका रुपमा हेरिएको छ।





























प्रतिक्रिया