प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले सात जना मन्त्री र एकजना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले माओवादी त्याग गरेर एमाले प्रवेश गरेका दुई जनालाई मन्त्री बनाउने चर्चा छ। पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा संचार मन्त्री र ज्वालाकुमारी शाह कृषिमन्त्री बन्ने बुझिएको छ।
यस्तै, जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले उद्योगमन्त्री पाउने सम्भावना छ। मन्त्री नबनाए समूह छोड्ने देखिएपछि मन्त्री यादवलाई मन्त्री बनाउन लागेको उनी निकट स्रोतले जनाएको छ।
त्यस्तै गृहमन्त्रीमा खगराज अधिकारीको चर्चा छ। अधिकारी पूर्वस्वास्थ्यमन्त्री हुन्।
यस्तै, नारदमुनी राना, वनमन्त्री, मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वनराज्यमन्त्री बन्ने भएका छन्।
पहाडीले माधव नेपाल समूह छोडेर ओली समूहमा लागेको केही समयमै मन्त्रीपदबाट पुरस्कृत हुने भएका हुन्। मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ।
हालका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ सरकारकी मन्त्री उषाकला तामङले पनि माधवपक्ष छोडेसँगै यसपटक मन्त्रीपद उपहार पाएका थिए।





























प्रतिक्रिया