गण्डकीमा विपक्षी गठबन्धनले नयाँ सरकार गठनको दाबी पेश गर्दै

गण्डकीमा विपक्षी गठबन्धनले नयाँ सरकार गठनको दाबी पेश गर्दै

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको दाबीसहित विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

नयाँ सरकारको दाबी गर्ने मध्ये नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद छन्। यस्तै स्वतन्त्र सांसद दीपक मनाङे विपक्षी गठबन्धनमा मिसिएका छन् । उनी बिहीबार संसदमा उपस्थित थिएनन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनका लागि आज २४ घण्टाको समय दिएकी थिइन् । सोही अनुसार विपक्षीहरु बहुमतसहित सरकार बनाउन कसिएका हुन्। 

Skip This
Skip This
Logo