गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनद्वारा दाबी पेश

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनद्वारा दाबी पेश

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले बहुमतसहित दाबी गरेको छ। 

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनाउन विपक्षी गठबन्धनले दाबी गरेको हो । आज प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गरिएको पत्रमा ३१ जना सांसदको हस्ताक्षर छ । जसमा स्वतन्त्र सांसद दीपक मनाङे पनि रहेका छन्। उनी बिहीबार संसद बैठकमा उपस्थित थिएनन् ।

नयाँ सरकारको दाबी गर्ने मध्ये नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ सांसद छन्। 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनका लागि आज २४ घण्टाको समय दिएकी थिइन् । सोही अनुसार विपक्षीहरु बहुमतसहित सरकार बनाउन कसिएका हुन्। 

Skip This
Skip This
Logo