राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछुः सञ्चारमन्त्री थापा

राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछुः सञ्चारमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छिन्।

मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग शुक्रबार सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्ने  बताइन्। 

कर्मचारीलाई परिणाम आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, “कति ध्यान दिएर काम गरेँ भन्ने आफूलाई थाहा हुन्छ। आफ्नो कामबाट सबैभन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस्।” मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिइने तथा केही नयाँ कार्यक्रम ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिइन्।

अहिलेको  सूचनाप्रविधिको युग अनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा उनले जोड दिइन्। सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुखलगायतको उपस्थिति थियो। कार्यक्रममा मन्त्रालयले सम्पादन गरिरहेका काम तथा आगामी कार्यक्रमसम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो।रासस

Logo