गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदको हस्ताक्षर सनाखत आज हुने

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदको हस्ताक्षर सनाखत आज हुने

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ३१ सांसदलाई प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित गराएर सांसदको हस्ताक्षर बुझाएका छन् । उनको विषयमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज मात्रै हस्ताक्षर सनाखत गर्ने बताएकी छिन् ।

पोखेरलले, ‘हजुरको उपस्थितिमा सनाखत गरौं की कर्मचारीले सनाखत गर्दा हुन्छ’ भनी पौडेललाई सोधेका थिए। तर, पौडेलले, ‘तपाईंहरूले ल्याई हाल्नु भयो, भोलि सनाखत गराउँला’ भन्ने जवाफ दिएकी थिइन्।

कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनाउन विपक्षी गठबन्धनले शुक्रबार दाबी गरेको हो। प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गरिएको पत्रमा ३१ जना सांसदको हस्ताक्षर छ। जसमा स्वतन्त्र सांसद दीपक मनाङे पनि रहेका छन्। उनी बिहीबार संसद बैठकमा उपस्थित थिएनन्।

नयाँ सरकारको दाबी गर्ने मध्ये नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सांसद छन्। 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनका लागि शुक्रबार २४ घण्टाको समय दिएकी थिइन् । सोही अनुसार विपक्षीहरु बहुमतसहित सरकार बनाउन कसिएका हुन्। 

सरकार गठनको दाबी गर्ने अवधि आज ३ बजेसम्म रहेको छ।

Logo