गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन्।
गुरुङले जनमोर्चाका कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दावी गरेको बुझिएको छ। २७ गते विश्वासको मत प्राप्त गर्न नसकेका गुरुङले अहिले फेरि दाबी गरेका छन्।
गुरुङ पनि प्रधानमन्त्री ओलीकै लाईनमा हिंडिरहेका छन्। उनको दाबीलाई आश्चर्यजनक रुपमा हेरिएको छ।
नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेको अवस्थामा पृथ्बीसुब्बा गुरुङले फेरि दाबी गरेपछि गण्डकीको सत्ता स्वार्थमा नयाँ ट्विस्ट भएको छ।





























प्रतिक्रिया