कर्णाली प्रदेश नीति तथा कार्यक्रमः ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’

कर्णाली प्रदेश नीति तथा कार्यक्रमः ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम आज प्रस्तुत गरेका हुन्। 

कर्णालीको दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिइएको सरकारको नीति तथा कार्यक्रमले स्वास्थ, शिक्षा, कृषि, रोजगारी, गरिबी अन्त्य र पूर्वाधार विकासलाई जोड दिएको छ। 

प्रदेश प्रमुख कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले ‘हामी महामारीलाई जित्छौँ’ भन्ने आत्मविश्वासका साथ जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइ स्वास्थ्य परीक्षण, उपचार, उपकरण, औषधि, जनशक्ति र पूर्वाधारसमेत व्यवस्थापनका कार्यहरू प्रभावकारीरुपमा अगाडि बढाउने नीति लिएको छ।

कर्णाली प्रदेशको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच हासिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक–सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास लक्ष्य विन्दुमा पुर्याउने दिशामा आगामी कार्यक्रमहरू केन्द्रीत रहेको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश प्रमुख कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै सो नीतिमाथि आज नै छलफल हुने सभामुख राजबहादुर शाहीले जानकारी दिए। बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

Skip This
Skip This
Logo