नवनियुक्त मुख्यमन्त्री पोखरेललाई गुरुङले भने, ‘मुख्यमन्त्री ज्यू, बधाई छ मेरो र पार्टीको तर्फबाट’

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई गुरुङले भने, ‘मुख्यमन्त्री ज्यू, बधाई छ मेरो र पार्टीको तर्फबाट’

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बनेपछि धेरैको बुझाई थियो कि पूर्व र निर्वतमान मुख्यमन्त्रीको अब बोलचाल नै हुँदैन, खरो प्रतिपक्षको भूमिका अब एमालेले निभाउँछ, रिसिइभी साटासाट हुन्छ।  

मुख्यमन्त्रीको भूमिका एमालेले कस्तो निभाउला त्यो केहि पछि देखिएला तर, आफू पदमुक्त भएपछि पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले असल राजनीतिक संस्कार देखाएका छन्।

उनले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अरुको मोबाइलबाट फोन गरे र बधाई दिए।

गुरुङले भने मुख्यमन्त्री ज्यू, मुख्यमन्त्री बन्नुभएकोमा बधाई छ मेरो तर्फबाट र पार्टीको तर्फबाट। 

मेरो मोबाईलबाट कल लागेन र अरुको बाट फोन गरेको, अरु कुरा पछि गरौंला ल, उनले भने।

त्यसो त कृष्णचन्द्र नेपाली पोखरेल नेपाली काँग्रेस गण्डकी प्रदेश सभाका संसदीय दलका नेतासमेत हुन्।

पोखरेल उनी आफैं भने कहिले आफ्नै पार्टीमा अल्पमतमा परे, संसदीय दलको नेताबाटै हटाउने चलखेलको शिकार बने। तर, कहिले पनि आफ्नो कारणले विवादमा परेनन्।

अन्ततः दुई महीना लामो राजनीतिक उतारचढावले उनलाई मुख्यमन्त्री बनाएको छ।

कांग्रेसभित्रका सालिन नेताका छबि बनाएका नेता पोखरेलले नेकपा एमालेलाई समेत रिजाएर सरकार संचालन गर्ने आंकलन राजनीतिका जानकारहरुले गरेका छन्।

Logo