गठबन्धनलाई प्रदेशदेखि संघसम्मै निरन्तरता दिने नेतात्रयको निष्कर्ष

गठबन्धनलाई प्रदेशदेखि संघसम्मै निरन्तरता दिने नेतात्रयको निष्कर्ष

केन्द्रबिन्दु
0
Shares

एमाले नेता माधवकुमार नेपाल निवासमा सोमबार साँझ भएको नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बैठकले गठबन्धनलाई प्रदेशदेखि संघसम्मै निरन्तरता दिने समझदारी गरेका छन्।

ओली सरकारविरद्ध दृढतापूर्वक उभिन गठबन्धनको औचित्य रहेको पनि नेतात्रयले निष्कर्ष निकालेका छन्।

केन्द्रविन्दुसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गठबन्धनलाई बलियो बनाउने र ओली सरकारले प्रतिनिधिसभा विघटनजस्ता असंवैधानिक गतिविधि गरेको भन्दै त्यसविरुद्ध उभिन आवश्यक रहेकोमा नेताहरूको बैठक केन्द्रित रहेको बताए।

गठबन्धनमा रहेका दलहरूबीचको कार्यगत एकतालाई निरन्तरता दिने र एकता भत्काउन सक्नेतर्फ सचेत हुने पनि नेताहरूबीच कुराकानी भएको छ।

Skip This
Skip This
Logo