विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु, क्षति न्यूनिकरण गर्ने बारे छलफल हुने

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु, क्षति न्यूनिकरण गर्ने बारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। देशका अघिकांश क्षेत्रमा बाढीले क्षति पुर्याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबारमा सुरु भएको हो।

३ दिनदेखि मुलुकभर बर्षा भइरहेको र अरु केहि दिन त्यो सम्भावना रहेकाले देशभरकै साना ठूला नदीमा पानीको बहाव बढेको छ। पछिल्लो पटक बाढी र पहिरोले सिन्धुपाल्चोक र मनाङमा धेरै नै क्षति भएको छ।

आजको बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने बुझिएको छ। सिन्धुपाल्चोकमा र मनाङ बाहेक म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट प्रभावित भएका छन् ।

Skip This
Skip This
Logo