सिन्धुपाल्चोक घर भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएकाबारे एउटा विवरण फेसबुकमार्फत् आज बिहान सार्वजनिक गरे।
जहाँ भनियो, ‘मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले ५० औं जना बेपत्ता भएको’ त्यसपछि राहत तथा उद्धार कार्यमा स्टाटसमार्फत आह्वान पनि गरेका छन्।
उनको यो स्टाटसलाई आधार मानेर धेरै अनलाइन मिडियामा आज बिहान ब्यानर न्यूज बन्यो। तर, जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल र जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले घटनामा हालसम्म ७ जना मात्रै बेपत्ता भएको विवरण दिए। बेपत्ता सबैको शव हेलम्बु क्षेत्रमा फेला परेको छ। उनीहरू हेलम्बु–२ का हुन्।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार घटनामा अन्य बेपत्ता भएका छन् कि भनेर खोजी कार्य भइरहेको बताए। मन्त्री तामाङले ५० औं भने पनि उद्धार र राहतमा जुटेको सिन्धुपाल्चोक जिल्ला प्रशासन र प्रहरी प्रशासनबाट ७ जना मात्रै बेपत्ता भनेपछि विवरणमा धेरै अन्तर भयो।
यसरी हेर्दा मन्त्री तामाङले विपद् घटनामा अपुष्ट विवरण सार्वजनिक गरेर मजाक गरेको देखिएको छ।































प्रतिक्रिया