राप्रपा अध्यक्ष राणा मेलम्चीमा, बाढीपीडितको उद्धार र राहतका लागि सरकारसँग माग

राप्रपा अध्यक्ष राणा मेलम्चीमा, बाढीपीडितको उद्धार र राहतका लागि सरकारसँग माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन। अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकाले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा बुधवार भने।

बाढी प्रभावित क्षेत्रका जनतासँग कुराकानी गर्ने क्रममा राणाले व्यक्तिगतरुपमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे। प्राकृतिक प्रकोपमा मृत्यु भएका स्थानीयप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरे।

सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा राणा मेलम्ची, तिम्बु, किउल, चनौटे, ग्याल्थुम, याङ्ग्री र हेलम्बु लगायतका स्थान पुगेका थिए।

दुःखमा परेका जनतालाई सहयोग गर्ने विषयलाई लिएर अध्यक्ष राणाले सभामुख अग्नीप्रसाद सापकोटासँग मेलम्चीमा छलफल गरे। यसैगरी सभामुख सापकोटा, प्रदेश सांसद, नगर प्रमुख लगायतको उपस्थितिमा सर्वपक्षीय वैठक बसेर आपतकालीन निकासका लागि पहल गरेका छन्।

सो अवसरमा, पीडित जनताको उद्धार र राहत कार्यमा क्रियाशील हुन राप्रपाका स्थानीय निकायहरुलाई अध्यक्ष राणाले निर्देशन दिए।

Logo