गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत, मतदान केही बेरमा हुँदै

गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत, मतदान केही बेरमा हुँदै

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत मागेसँगै अहिले उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ।

मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए। 

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आज मत मागेका हुन्। आजै प्रदेश सभामा मतदान हुँदैछ।

काँग्रेसबाट मुख्यमन्त्री बनेका पोखरेललाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका साथै स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ।

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बनेका हुन्।

Logo