उपेन्द्र यादव पक्षद्वारा निर्वाचन आयोग पुगेर आधिकारिकता माग

उपेन्द्र यादव पक्षद्वारा निर्वाचन आयोग पुगेर आधिकारिकता माग

केन्द्रबिन्दु
0
Shares

पार्टीको आधिकारिकता माग गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ।

जसपा अध्यक्ष यादवसहितका नेताहरु शुक्रबार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको माग गरेका छन्। जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै यादव र महतो पक्षले एक अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफूलाई आधिकारिक बताइरहेका छन्। 

यसै सन्दर्भमा यस अघि एकअर्कालाई कारबाही गरेर हटाएको पत्र अद्यावधिक गर्न निर्वाचन आयोगमा दुवै समूहले दिएको भएपनि आयोगले विवादको निरुपण गर्ने गरी आउन आग्रह गरे अनुरुप यादव पक्ष पार्टी विवादको निरुपण गर्ने गरी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेको हो। 

जसपाले हिजो केन्द्रीय कार्याकारिणी समितिको बहुमत सदस्यको बैठक बसि पार्टीको आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो। जसपाका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुरुप आधिकारिकताको दाबी गरिएको बताए। 

निर्वाचन आयोगले यसलाई नियम कानुन अनुसार छिटोभन्दा छिटो प्रक्रिया प्रारम्भ गर्ने प्रतिक्रिया दिएको नेता श्रेष्ठले जानकारी दिए। उनले पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी पनि गरे। 

उनले महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई गरेको कारबाही मान्य नहुने पनि बताए।

Logo