सर्वोच्च अदालतले अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई कोरोनाविरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरूलाई खोपको व्यवस्था गर्न माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो।
आदेशमा पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप नलगाएकालाई लगाउने व्यवस्था मिलाउन भनिएको छ।
‘पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनु पर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरि अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता प्रदान गरि कोभिडविरुद्धको खोप पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई खोप लगाउने आवश्यक व्यवस्था मिलाउनू।’ आदेशमा उल्लेख छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि इजलासले आदेश दिएको छ।





























प्रतिक्रिया