नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक

नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छिन्। 

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उनले नेपालका विविध क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्। 

भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। उनले नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेपाल–इजरायल सम्बन्धले ६० वर्ष पूरा गरेको र आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरिन्।

Skip This
Skip This
Logo