भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्न खोजिएको प्रस्ट हुन्छ: नेता नेपाल

भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्न खोजिएको प्रस्ट हुन्छ: नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भंग गर्न खोजेकाे आरोप लगाएका छन्। 

कर्णाली प्रदेशका सांसदमाथि गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि त्यसविरुद्ध ओलीपक्षकाे भ्याकेटमा जाने निर्णय आएपछि उक्त निर्णयले एकता भंग गर्ने दिशामा लैजाने र त्यही नियत रहेकाे नेपालको भनाइ छ ।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेर एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध ओली लागेको नेपालको भनाइ छ । त्यस्ता एकता विरोधी तत्वहरूसँग सावधान हुन पनि नेपालले ध्यानाकर्षण गरेका छन् ।

 

Skip This
Skip This
Logo