प्रधानमन्त्री ज्यु, मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ? : कांग्रेस

प्रधानमन्त्री ज्यु, मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ? : कांग्रेस

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन् । प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै रूपा सुनारलाई दलित भएकै कारण कोठा नदिएकी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको गाडीमा चढाइएपछि यस्तो टिप्पणी गरेका हुन्। 

प्रवक्ता शर्माले ट्विटमा प्रश्न गरेका छन्, 'जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीले नै पक्षधरताको खुला सन्देश दिने?'

आफू दलितकी छोरी भएकै कारण आफूलाई कोठा नदिइएको भन्दै रुपा सुनारले प्रहरीमा घरबेटीविरुद्ध उजुरी दिएकी थिइन्। उनै घरबेटी बुधबार शिक्षामन्त्री श्रेष्ठको गाडीमा सिंहदरवार परिसरबाट सरर बाहिरिएकी थिइन्। 

Skip This
Skip This
Logo