शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै १४६ जना सांसदले दायर गरेको रिटमाथिको बहस सुरु भएको छ।
निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस सुरु गरेका छन्। आज अन्य वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, दिनमणि पोखरेल, सुनिल पोखरेललगायत कानून व्यवसायीले बहस गर्दै छन्।
उनीहरू प्रत्येकले एक घण्टा समय लिनेछन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा यसअघि निवेदक पक्षकै ५ जना कानून व्यवसायीहरू खम्बबहादुर खाती, गोविन्द बन्दी, महादेव यादव, बद्रीबहादुर कार्की र शम्भु थापाले बहस गरेका थिए।
बहसको क्रममा उनीहरूले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधान भन्दा बाहिर गएको तर्क गरेका थिए।
बहुमत १४९ जना सांसदको समर्थनसहित शेरबहादुर देउवाले हस्ताक्षर बुझाएकाले उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिले त्यसो नगरिएको बताएका थिए।





























प्रतिक्रिया