एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ।

पछिल्लो समय एकताका लागि पार्टी अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षबीचमा औपचारिक तथा अनौपचारिक बैठक हुँदै आए पनि यसले सार्थकता पाउन सकेको छैन।

वार्ता सकारात्मक भएको दुवैपक्षले बताउँदै आए पनि एकताका सम्बन्धमा आशा लाग्दो प्रगति हुन सकेको छैन।

यहि अवस्थामा आज एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो।

Logo