गण्डकी प्रदेशः मन्त्रीलाई दिइयो जिम्मेवारी, दीपक मनाङे अझै बिना विभागिय

गण्डकी प्रदेशः मन्त्रीलाई दिइयो जिम्मेवारी, दीपक मनाङे अझै बिना विभागिय

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारी गुरुङलाई मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।

मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गुरुङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै रहेका छन्।

बिना विभागीय रहेका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) लाई जिम्मेवारी दिइएको छैन।

Logo