कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गरौं : वरिष्ठ नेता नेपाल

कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गरौं : वरिष्ठ नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन र नेकपा एमालेलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा नेपालले कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वास पार्टी सिद्धान्त विपरीत संविधान र लाेकतन्त्रकाे विरुद्धमा प्रयाेग हुनु दुःखद रहेकाे बताए । 

विद्यमान वैचारिक-राजनैतिक-सांस्कृतिक -आर्थिक विचलन, विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हानसहित उनले जननेता मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

Logo