वाग्मती प्रदेशसभाको बैठक असार १७ गते

वाग्मती प्रदेशसभाको बैठक असार १७ गते

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशसभाको आगामी बैठक असार १७ गते दिनको ३ बजे बस्ने भएको छ। 

सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट ,राजश्व र आयव्ययमाथि छलफल हुने बताइएको छ। 

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए। उनले  बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए। 

प्रदेशसभाको असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए।

Skip This
Skip This
Logo