प्रदेश नं २ को प्रदेशसभा बैठक बस्नै नपाई स्थगित, अर्को बैठक असार २३ गते

प्रदेश नं २ को प्रदेशसभा बैठक बस्नै नपाई स्थगित, अर्को बैठक असार २३ गते

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं २ को मंगलबारका लागि बोलाइएको प्रदेशसभा बैठक बस्नै नपाई स्थगन भएको छ। अपराह्न २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगन भएको हो।

गत असार १ गते प्रदेशसभामा प्रस्तुत  आगामी आव २०७८–७९ को बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिए पनि बस्दै नबसी स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। उनका अनुसार प्रदेशसभाको अर्को बैठक असार २३ गते बस्ने छ। 

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गरेको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगन गरिएको थियो।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सदस्यले संसदीय विकास कोषको रकम वृद्धि हुनु पर्ने माग राख्दै असार १ गते बैठक अवरुद्ध गरेपछि बैठक आह्वान गरिएको थियो। संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशंकामा प्रदेशसभा बैठक सारिएको बताइएको छ।

Skip This
Skip This
Logo