नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार पुगेका छन्। बैठक अब केहीबेरमै सुरु हुने केन्दीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बालुवाटार स्रोतले वामदेव गौतम बैठकका लागि पुगिसकेको जनाएको छ। एमाले पार्टी २०७५ जेठ २ पूर्वको अवस्थामा फर्किएपछि केन्द्रीय कमिटीको पहिलो बैठकमा सहभागि हुन गौतम बालुवाटार पुगेका हुन्।
बैठकमा भाग लिन गौतम सकारात्मक रहेको बुझिएको छ। तर, आजको बैठकमा माधव नेपाल पक्षभने सहभागि नहुने भएको छ।
आज एघार बजेका लागि बोलाइएको बैठकमा माधव नेपाल पक्षले सहभागि नुहने बिहीबार नै निर्णय गरेको हो।
तथापि, बालुवाटार स्रोत भने माधव नेपालपक्ष सहभागि हुनेमा विश्वस्त रहेको जनाएको छ।





























प्रतिक्रिया