राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा कुनै पनि बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पारेका छन्।
अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा राप्रपामा वैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पारेका हुन्। उनले राप्रपामा केही निष्क्रियता भएपनि महाधिवेशनपछि त्यसको समेत निराकरण हुने धारणा राखेका छन्।
उनले त्रय अध्यक्षबीच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी भएको र शनिवार बस्ने निर्देशन समितिको बैठकले महाधिवेशनको मिति निर्धारण गर्ने जानकारी दिएका छन्।





























प्रतिक्रिया