लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गर्न नसकेको भन्दै शुक्रबार राजीनामा दिएकी छन्।
जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ।
लुम्बिनी प्रदेशमा हाल कायम ८३ सांसदमध्ये एमालेका ३८ जना सांसद छन्। जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत भएको भएपनि राज्यमन्त्रीको राजीनामासँगै सरकारपक्षमा ४१ जना सांसद मात्र भएका छन्।





























प्रतिक्रिया