पार्टी अध्यक्ष केपी ओलीले हस्ताक्षर फिर्ता लिन दिएको निर्देशनसहितको अल्टिमेटम सकिनु अगाडि माधवकुमार नेपाललाई फकाउन गएको कार्यदलका पाँच सदस्य त्यसै फर्किएका छन्।
कोटेश्वरस्थित नेपाल निवासमा उनी निकट नै मानिएका कार्यदलका सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल तथा ओलीनिकट कार्यदल सदस्यहरू सुवास नेम्बाङ, विष्णु पौडेलसँगै शंकर पोखरेल गएका थिए।
उनीहरूले नेता नेपाललाई २३ जना सांसदको हस्ताक्षर फिर्तालाई पहिलो शर्त बनाएर कुरा अगाडि बढाएको नेता नेपाल निकट स्रोतले जनायो।
‘माधव नेपालले अपराध गरे जसरी कार्यदलका सदस्यहरूले २३ सांसदको हस्ताक्षर पहिले फिर्ता गर्नु भन्नुभयो तर, उहाँले फिर्ता गर्दिनँ भन्नुभयो’, स्रोतले केन्द्रविन्दुसँग भन्यो।
स्रोतका अनुसार हस्ताक्षर फिर्ता भएपछि ओलीलाई मनाउने कार्यदलका सदस्यहरूले बताएको तर के विषयमा मनाउने भन्ने खुलाएनन्।





























प्रतिक्रिया