प्रतिनिधिसभा विघटनः सभामुखमा तर्फबाट बहस चल्दै

प्रतिनिधिसभा विघटनः सभामुखमा तर्फबाट बहस चल्दै

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सभामुखका तर्फबाट बहस सुरु भएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा  न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षको बहस सकिएपछि आज समाभुखका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस सुरु गरेका हुन्।

सभामुखका तर्फबाट बहस गर्ने कानून व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ। उनका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लवप्रसाद मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन्।  

त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। त्यसका लागि तीन घण्टाको समय तोकिएको छ। अनि अदालतका सहयोगीको पालो आउनेछ। त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ। सोमबार सम्पूर्ण बहस सकिनेछ।

उक्त विवादमा ३० रिट निवेदन परेका थिए। गत जेठ ८ गते मन्त्रिपरिषद्का सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ।

Skip This
Skip This
Logo