काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल होम आइसोलेसनमा बसेका छन् ।
घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि पौडेल आइसोलेसनमा बसेका हुन्।
उनले आज सामाजिक संजाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । आफू केही दिनका लागि आइसोसेलनमा बसेको तर आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण भने नदेखिएको उनले जनाएका छन्।






























प्रतिक्रिया