ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी

ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन्। 

सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनस्थापना पछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरे। उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसैसँग पनि जनतासँग जाने हिम्मत नभएको दाबी पनि गरे।

उनले भने, “विपक्षीहरु कसैसँग पनि जनतासँग जाने हिम्मत देखिएको छैन।”

उनले संसदीय अभ्यासको नाम गैरसंबैधानिक अभ्यासहरु देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे। उनले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरु हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको टिप्पणी गरे। 

कोभिड दोश्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरे। उनले विपक्षी दलहरुले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे। संसदीय प्रणालीमा राष्ट्रिय सभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधिसभा बिना राष्ट्रिय सभाले कुनै पनि ऐन बनाउन नसक्ने बताए।

बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुनर्स्थापनाको माग गरे।

Skip This
Skip This
Logo