सरकारद्वारा विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी नियुक्त

सरकारद्वारा विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी नियुक्त

केन्द्रबिन्दु
0
Shares

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डका सदस्यमा झापाका चेतन अधिकारीलाई नियुक्त गरेको छ। यस्तै नेपाल टेलिभिजन बोर्ड सदस्यमा ललितपुरका सवनम मुखियालाई नियुक्त गरेको छ।  

सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट सोमबार उनीहरु चार वर्षका लागि नियुक्त भएका हुन्। गोरखापत्र, कान्तिपुर दैनिकलगायत राष्ट्रिय सञ्चारमाध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिएका पत्रकार अधिकारी हाल ‘नेपालीबहस डटकम’ का प्रधानसम्पादक हुन्। 

नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकाश लिएका मुखिया ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक हुन्। मन्त्री नेम्वाङले अधिकारी र मुखियालाई सोमबार सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरण गर्दै संस्थागत सुधार र सृजनात्मक प्रयोगमा आफ्नो ठाउँबाट योगदान गर्न निर्देशन दिए। 

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतको उपस्थिति थियो। 

Logo